Section 9
वित्तीय जानकारी इकार्ई
(१) सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसूर सम्बन्धी शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सो सम्बन्धी अन्य सूचना प्राप्त गर्न, सोको विश्लेषण गर्न तथा विश्लेषणको निष्कर्ष प्रवाह गर्न कार्यात्मक रुपले स्वायत्त तथा स्वतन्त्र इकाईको रुपमा राष्ट्र बैंकमा एक वित्तीय जानकारी इकार्ई रहनेछ । (२) वित्तीय जानकारी इकार्ईको प्रमुखको नियुक्ति राष्ट्र बैंकका कम्तीमा प्रथम श्रेणीका अधिकृतहरुमध्येबाट राष्ट्र बैंकको गभर्नरले गर्नेछ । (३) वित्तीय जानकारी इकार्ईको कार्यालय राष्ट्र बैंकमा रहनेछ र सो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्था राष्ट्र बैंकले गर्नेछ । (४) वित्तीय जानकारी इकाईले अनुरोध गरेमा नेपाल सरकार वा कुनै सार्वजनिक संस्थाले वित्तीय जानकारी इकाईमा काम गर्ने गरी आफ्नो कर्मचारी उपलब्ध गराइदिन सक्नेछ । (५) राष्ट्र बैंकले वित्तीय जानकारी इकाईलाई छुट्टै बजेट उपलब्ध   गराउनेछ । (६) वित्तीय जानकारी इकाईको प्रमुख तथा कर्मचारीको न्यूनतम योग्यता, संगठन संरचना, दरबन्दी, सरुवा वा पदमुक्त हुने अवस्था तथा अन्य साधन स्रोत उपलब्ध गराउने लगायतका व्यवस्था राष्ट्र बैंकको विनियममा उल्लेख भए बमोजिम हुनेछ ।